३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

बाढीपहिरोको जोखिम बढेपछि सिदिङ्वाका विद्यालय बन्द

आनन्द गौतम

ताप्लेजुङ — अधिक वर्षाका कारण खोलामा पानीको सतह बढेको र गाउँका बाटाहरु भत्किएपछि सिदिङ्वा गाउँपालिकाले विद्यालयहरु बन्द गरेको छ ।

बाढीपहिरोको जोखिम बढेपछि सिदिङ्वाका विद्यालय बन्द

वर्षा कम नभएसम्मका लागि स्कुल बिदाको निर्णय गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत रुद्र वेघाले जानकारी दए । ‘जताततै बाटो भत्किएपछि बुधबार विद्यार्थीहरु स्कुल आउनै सकेनन्,’ वेघाले भने, ‘कतिपयले जबर्जस्ती जाने प्रयास गरेको पाइयो, मानवीय क्षति हुने जोखिम बढेपछि बन्द गर्ने निर्णय गरेका हौं ।’ वर्षा कम भएर अवरुद्ध सडक खुलेपछि मात्रै विद्यालय खुल्ने उपाध्यक्ष कृष्णकुमारी कडरिया वन्दनाले जानकारी दिइन् । यो पालिकामा ३९ वटा विद्यालय रहेका छन् ।

मंगलबार सिरिजंगा गाउँपालिका–१ सिनाममा पहिरोले पशु चौपाया बगाएको थियो । कुलबहादुर गुरुङको भान्सा घर र गोठ बगाउँदा पशु चौपायाको क्षति भएको छ । बाख्रा, खसी, सुँगुर, कुखुरा गरी २८ वटा चौपाया बगाएको प्रहरीले जनाएको छ । नौ लाख मूल्य बराबरको क्षति भएको गुरुङले बताएका छन् ।

जल तथा मौसम विज्ञान फिल्ड कार्यालय ताप्लेजुङका अनुसार बुधबार राति ताप्लेजुङ सदरमुकाम फुङलिङमा ४३ दशमलव ५ मिलिमिटर वर्षा भएको छ । मौसम विज्ञान सहायक देवी ढकालका अनुसार मंगलबार २३.५ मिलिमिटर र सोमबार २४ मिलिमिटर वर्षा भएको थियो ।

प्रकाशित : असार २, २०७९ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?