१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

खुम्बु घुम्न आएका दुई विदेशी बेपत्ता

भानुभक्त निरौला

सोलुखुम्बु — सोलुखुम्बुको सगरमाथा क्षेत्रको भ्रमणमा आएका दुई जना विदेशी पर्यटक तीन सातादेखि वेपत्ता भएका छन् । खुम्बु क्षेत्र आएका भारतीय नागरिक ३१ वर्षीय पुरुष सिरनाथ चन्द्रमोहोन र कोरियाली नागरिक ५० वर्षीया महिला योहन २४ दिनदेखि सम्पर्कविहीन रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

जेठ ५ गते सगरमाथा राष्ट्रिय निकुन्जको मन्जो चेकपोस्टमा इन्ट्रि भएर आधारशिविरतर्फ लागेका ती दुवै पर्यटक त्यसयता सम्पर्कमा नरहेको प्रहरी निरीक्षक उमाशंकर प्रसाद शाहले बताए ।

भारतीय नागरिक सम्पर्कविहिन भएको भन्दै खोजीमा सहयोग गरिदिन भारतिय दूतावासबाट टेलिफोन आएको र कोरियाली नागरिक परिवारको सम्पर्कमा नभएको खबर प्राप्त भएको प्रहरीले जनाएको छ ।

पथ प्रदर्शकबिना खुम्बु घुम्न आएका उनीहरुको खोजी कार्यलाई तीव्र बनाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित : जेष्ठ ३१, २०७९ १०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?