कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

थुनुवा मृत्यु प्रकरणमा छानबिन समिति गठन

मोरङ — जिल्ला प्रशासन कार्यालय मोरङले ज्यान मार्ने उद्योग मुद्दामा थुनामा रहेका एक प्रतिवादीको मृत्यु प्रकरणमा छानबिन समिति गठन गरेको छ । घटनाबारे सत्यतथ्य छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारी महेश तिम्सिनाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए ।

समितिमा केराबारी गाउँपालिका २ का वडाध्यक्ष प्रेमबहादुर लिम्बु र प्रहरी निरीक्षक मोहन पोखरेल सदस्य रहेको उनले बताए ।

ज्यान मार्ने उद्योगमा प्रहरी नियन्त्रणमा रहेका केराबारी गाउँपालिका २ का ४८ वर्षीय भक्तबहादुर ठकुरीको बिहीबार मृत्यु भएको हो । हाजिरी जमानीमा रहेका ठकुरीलाई इलाका प्रहरी बेलबारीले बुधबार नियन्त्रणमा लिई अदालतमा उपस्थित गराउन बिहीबार सरकारी वकिलको कार्यालय विराटनगर ल्याएको थियो ।

सरकारी वकिलको कार्यालयमा प्रहरी नियन्त्रणमा रहेकै बेला अचेत भएका ठकुरीको कोसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी मोरङका प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले बताए । पत्नीलाई कुटपिट गरी घाइते बनाएको आरोपमा ६ महिना अगाडि ठकुरीलाई नियन्त्रणमा लिएको थियो । तर कोरोना संक्रमण भएपछि उनलाई हाजिरी जमानीमा इलाका प्रहरी बेलबारी छाडेका थिए ।

प्रहरीको कमजोरीका कारण ठकुरीको मृत्यु भएको छानबिन समितिले प्रतिवेदन दिए दोषीमाथि कारबाही गर्ने प्रहरी उपरीक्षक कोइरालाले बताए । स्थानीय प्रशासनले छानबिन समिति गठन गरेपछि मृतकका परिवाजनले शव बुझेका छन् ।



प्रकाशित : जेष्ठ २७, २०७९ २२:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?