कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सोलुखुम्बु जिसस प्रमुखमा कांग्रेसको एकल उम्मेदवारी

भानुभक्त निरौला

सोलुखुम्बु — जिल्ला समन्वय समिति सोलुखुम्बुको प्रमुखमा नेपाली कांग्रेसका कृष्णप्रसाद निरौलाको मात्रै उम्मेदवारी परेको छ । ८ वटा स्थानीय तह रहेको जिल्लामा ५ वटा पालिकामा जित हाँसिल गरेको कांग्रेसको मात्रै जिल्ला समन्वय समितिमा उम्मेदवार दर्ता भएको हो । जिल्ला समन्वय समिति नेतृत्व चयनका लागि ९ मत आवश्यक पर्नेमा कांग्रेससँग १० मत छ । कांग्रेससँग बहुमत भएकाले अन्य अन्य दलले उम्मेदवारी नदिएका हुन् । 

सोलुखुम्बु जिसस प्रमुखमा कांग्रेसको एकल उम्मेदवारी

६२ वर्षीय निरौला यसपटकको स्थानीय तह निर्वाचनमा थुलुङदुधकोसी गाउँपालिका वडा नम्बर ३ पञ्चनबाट खुलातर्फ वडा सदस्यमा निर्वाचित भएका थिए । उनी २०५४ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट पन्चन गाविसको उपाध्यक्ष र त्यसअघि २०४३ मा गाउँ पञ्चायतका उपप्रधानमा निर्वाचित भएका थिए ।

त्यस्तै समन्वयको उपप्रमुखमा सोलुदुधकुण्ड ३ बाट वडा सदस्यमा निर्वाचित टिकामाया मगरको उम्मेदवारी परेको छ । ७ सदस्यमा नारायणकुमार निरौला, धर्मध्वज बस्नेत, पेम्बा शेर्पा, सोमराज केसी, हिरामाया विक, सितामाया बस्नेत र कमला नाछिरिङले उम्मेदवारी दिएका छन् ।

आज कांग्रेसबाट मात्रै मनोनयन परेकाले आगामी २६ गते निर्वाचित भएको घोषणा गरेर जेठ २९ गते शपथग्रहण गराउने मुख्य निर्वाचन अधिकृत सन्तोष पराजुलीले जानकारी दिए । वैशाख ३० मा सम्पन्न निर्वाचनमा एमालेले २, माओवादी केन्द्रले १ र कांग्रेसले ५ पालिका जितेका छन् ।

प्रकाशित : जेष्ठ २२, २०७९ १७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?