८ वर्षीया बालिकालाई बलात्कार प्रयास गर्ने पक्राउ

डम्बरसिं राई

खोटाङ — बलात्कार प्रयास गरेको आरोपमा खोटेहाङ गाउँपालिका–७ खोटाङ बजारका २६ वर्षीय युवक पक्राउ परेका छन् । गत जेठ ११ गते विद्यालय गइरहेकी ८ वर्षीया बालिकालाई बलात्कार प्रयास गर्ने ती युवकलाई घरबाटै पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक शंकरप्रसाद चौधरीका अनुसार युवकलाई पक्राउ गरी सोमबार पाँच दिनको म्याद थपेर थप अनुसन्धान थालिएको छ ।

एक्लै भएको मौका पारेर नाबालिकालाई घरबाट बाहिर लगेर बलात्कारको प्रयास गरेको ती युवकमाथि आरोप लागेको छ । जेठ १३ गते उजुरी परेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : जेष्ठ १७, २०७९ १२:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?