कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उदयपुरमा नातिले गरे हजुरआमाको हत्या

डिल्लीराम खतिवडा

उदयपुर — उदयपुरको कटारी नगरपालिका–७ रिस्कूमा बिहीबार बिहान नातिले हजुरआमाको घाँटी रेटी हत्या गरेका छन् । स्थानीय २७ वर्षीय रोहित दनुवारले आफ्नी ७२ वर्षीया हजुरआमा मनमाया दनुवारको हत्या गरेका हुन् ।

घरजग्गा दर्ता गर्ने विषयमा कुरा नमिलेपछि रोहितले हजुरआमा मनमायाको खुकुरीले घाँटी रेटी हत्या गरेको प्रहरीले जनाएको छ । हजुराआमाको हत्या गर्ने रोहत भने फरार छन् । उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका निमिक्त सूचना अधिकारी प्रहरी निरीक्षक मोहन थापाले बताए ।

काठमाडौंमा म:म पसल सञ्चालन गरेर बस्दै आएका रोहित केही दिन पहिले रिस्कु आएका थिए । हत्या गरिएकी मनमाया एकल महिला हुन् । उनी एक्लै बस्दै आएकी थिइन् । रोहितले घरजग्गा आफ्नो नाममा दर्ता गरिदिने दबाब दिँदै आएको कटारी नगरपालिका– ७ नवनिर्वाचित वडाध्यक्ष सुविन ढुंगानाले बताए । घर जग्गा दर्ता गर्न अस्विकार गरेकै कारण उनीको हत्या गरेको वडाध्यक्षले शंका गरेका छन् ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी टोली पुगिसकेको र फरार रोहितको खोजी भइरहेको प्रहरी नरीक्षक थापाले बताए । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित : जेष्ठ १२, २०७९ ११:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?