१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

महँगीको विरोधमा धनकुटामा प्रदर्शन

रमेशचन्द्र अधिकारी

धनकुटा — सरकारले निरन्तर मूल्यवृद्धि गरेको भन्दै अनेरास्ववियु र युवा संघ नेपालले बुधबार धनकुटामा संयुक्तरुपमा विरोध प्रदर्शन गरेका छन् । सरकारले सातामा दुई पटकसम्म पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । मूल्यवृद्धिका कारण सर्वसाधारणलाई सास्ती भएकोले तत्काल मूल्य घटाउनु पर्ने उनीहरुले माग गरेका छन् ।

महँगीको विरोधमा धनकुटामा प्रदर्शन

विरोध र्‍यालीले धनकुटा बजारका विभिन्न स्थान परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाइएको अनेरास्ववियुका जिल्ला अध्यक्ष वसन्त राईले बताए । प्रमुख जिल्ला अधिकारी युवराज कटेलले प्राप्त ज्ञापनपत्र सम्बन्धित निकायमा पठाउने बताए ।

र्‍यालीपछि आयोजित कोणसभामा युवा संघका जिल्ला अध्यक्ष प्रवीण पोखरेल, अनेरास्ववियुका जिल्ला अध्यक्ष राई, धनकुटा क्याम्पस इकाई अध्यक्ष बालकृष्ण बस्नेतलगायतले मूल्यवृद्धि घटाउन र नागरिकप्रति जिम्मेवार बन्न सरकारको ध्यानाकर्षण गराएका थिए । जनताको ढाड सेक्ने गरी गरिएको ज्यादतीपूर्ण कार्यप्रति सरकारको ध्यानाकर्षण नभए सशक्त आन्दोलनमा उत्रने उनीहरुको चेतावनी छ ।

प्रकाशित : जेष्ठ ११, २०७९ १८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?