भेडेटारमा गाँजासहित दुई युवा पक्राउ

रमेशचन्द्र अधिकारी

धनकुटा — साँगुरीगढी गाउँपालिका ६ भेडेटार चेक प्वाइन्टबाट प्रहरीले लागूऔषध गाँजासहित दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा नगरपालिका १ का १८ वर्षीय अनुप गुरुङ र धनकुटा ३ का २२ वर्षीय मिसेक राई रहेका छन् । 

तेह्रथुमको शुक्रबारेबाट धरानका लागि छुटेको को १ ख ५१०५ बस चेक गर्नेक्रममा ७५० ग्राम गाँजा फेला परेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी चिरञ्जीवी दाहालले बताए । प्रहरी हवल्दार अनिलकुमार राजवंशीको कमाण्डमा खटिएको टोलीले पक्राउ गरेको जनाइएको छ । पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय भेडेटारमा राखिएको छ ।

प्रकाशित : जेष्ठ ११, २०७९ १६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?