कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

श्रीमान्‌सँगै पाथीभरा दर्शन गरेर फर्किएकी महिला मृत फेला

आनन्द गौतम

ताप्लेजुङ — पाथीभरा दर्शन गरेर फर्किएकी झापाको बिर्तामोड नगरपालिका ५ बुट्टाबारीकी ३३ वर्षीया माया लिम्बू बराइली मृत भेटिएकी छन् । ताप्लेजुङ सदरमुकाम फुङलिङको तोक्मेस्थित कफी सप होटलमा झुन्डिएको अवस्थामा उनको शव फेला परेको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रहरी प्रवक्ता कुशराम कार्कीका अनुसार श्रीमान् विजय बराइली र माया पाथीभरा दर्शन गरेर फर्किएका थिए । सोमबार दिउँसो विजय एटीएममा पैसा निकाल्न बैंक गएको र फर्किंदा मृत भेटेपछि प्रहरीलाई खबर गरेको कार्कीले बताए । मायाका माइतीपक्षले आफूहरु आएपछि मात्रै शव उठाउन भनेकाले मंगलबार बिहानसम्म पनि शव घटनास्थलमै रहेको प्रहरीले जनाएको छ ।

‘उहाँहरु (माइतीपक्ष) आएपछि शव उठाउँछौं,’ प्रवक्ता कार्कीले भने, ‘घटनास्थल र श्रीमान्को निगरानी प्रहरीले गरिरहेको छ ।’ घटनाका विषयमा प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रकाशित : जेष्ठ १०, २०७९ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?