१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

झापाको शिवसताक्षीमा पुनः एमाले विजयी 

पर्वत पोर्तेल

झापा — झापाको शिवसताक्षी नगरपालिकामा पुनः एमाले विजयी भएको छ । २०७४ मा पनि प्रमुख–उपप्रमुख दुवै पद एमालेले जितेको थियो । एमालेका मेघाहाङ थोप्रा (रोशन) ले कांग्रेसका परशुराम ढुंगानालाई पराजित गरे । थोप्राले १६ हजार ४९८ मत पाउँदा ढुंगानाले १३ हजार ५० मतमा चित्त बुझाए ।

झापाको शिवसताक्षीमा पुनः एमाले विजयी 

ढुंगाना अघिल्लोपटक पनि एमालेकै चन्द्रकुमार शेर्मासँग पराजित भएका थिए ।

उपप्रमुखमा एमालेकी नरमाया कार्कीले १४ हजार १५५ मत पाउदा गठबन्धनका उम्मेदवार महेन्द्र भट्टराईले ९ हजार ५२५ मत पाए । भट्टराई अघिल्लोपटक माओवादी केन्द्रबाट प्रमुखका उम्मेदवार थिए । ११ वडामध्ये एमालेले आधाभन्दा बढी वडामा एक्लौटी जित हासिल गरेको छ ।


प्रकाशित : जेष्ठ ८, २०७९ २१:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?