चट्याङ लागेर उदयपुरमा एकको मृत्यु


उदयपुर — उदयपुरको कटारी नगरपालिका–११ गोठडाँडामा चटयाङ लागेर एक युवतीको मृत्यु भएको छ ।

घरमा बसिरहेको बेला वर्षातसँगै परेको चट्याङले लागेर स्थानीय ४५ वर्षीया भक्तकुमारी बुढाथोकीको मृत्यु भएको प्रहरी निरीक्षक मोहन थापाले बताए । चट्याङ लागेर घाइते बुढाथोकीको उपचारको क्रममा मध्याह्न मृत्यु भएको प्रहरी निरीक्षक थापाले बताए ।
प्रकाशित : जेष्ठ ८, २०७९ १३:४६