जसपा अध्यक्ष यादवको वडामा एमालेको प्यानलै विजयी- प्रदेश १ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जसपा अध्यक्ष यादवको वडामा एमालेको प्यानलै विजयी

कान्तिपुर संवाददाता

विराटनगर — जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको वडा विराटनगर महानगरपालिका–१४ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ ।

एमालेका वडाध्यक्ष उम्मेदवार सुर्यनारायण महतोले १ हजार २१५ मत ल्याएर विजयी भए । जसपाका उम्मेदवार वलदेव यादवले ७८२ मत मात्र पाए । यादव निवर्तमान अध्यक्षपनि हुन् ।


प्रकाशित : जेष्ठ ६, २०७९ १७:२१
प्रतिक्रिया
पठाउनुहोस्

मर्चवारीमा हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशिलका उम्मेदवार विजयी

माधव ढुङ्गाना

रुपन्देही — मर्चवारी गाउँपालिकाको अध्यक्षमा हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशिल पार्टीका गयाप्रसाद बरई र उपाध्यक्षमा आशा सिंह निर्वाचित भएका छन् ।

बरईले ४ हजार ३८५ मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ज्ञानप्रसाद मिश्रले ३ हजार २४५ मत ल्याए । उपाध्यक्षमा निर्वाचित जनता प्रगतिशील पार्टी नेपालकै आशा सिंहले २ हजार ९६५ मत ल्याइन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सुमन यादवले २ हजार ४०९ मत पाइन् ।

प्रकाशित : जेष्ठ ६, २०७९ १७:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×