सुनसरीको कोशी गाउँपालिकामा कांग्रेसका अन्सारी र यादव विजयी- प्रदेश १ - कान्तिपुर समाचार

सुनसरीको कोशी गाउँपालिकामा कांग्रेसका अन्सारी र यादव विजयी

सुम्निमा चाम्लिङ

इटहरी — सुनसरीको कोशी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । अध्यक्षमा कांग्रेसका एयुब अन्सारी ६ हजार ४ सय १६ मत सहित विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका देवकृष्ण यादवले ५ हजार २ सय १७ मत प्राप्त गरे । यस्तै, उपाध्यक्षमा कांग्रेसकी अनिता देवी यादव ५ हजार ३ सय ९९ मत सहित विजयी भइन् ।

उनका प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीकी अणुदेवी खैरवारले ४ हजार ७ सय ८ मत प्राप्त गरिन् । अघिल्लो स्थानिय तहको निर्वाचनमा समेत कांग्रेसको तर्फबाट अन्सारी र यादव विजयी भएका थिए ।


प्रकाशित : जेष्ठ ६, २०७९ ११:५६
प्रतिक्रिया
पठाउनुहोस्

सुनसरीको भोक्राहा नरसिंहमा कांग्रेस विजयी

सुम्निमा चाम्लिङ

इटहरी — भोक्राहा नरसिंह गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका अजमल अख्तर मियाँ र सुनिता कुमारी उराँव निर्वाचित भएका छन् । अध्यक्षमा निर्वाचित मियाँले ४ जार ९ सय ९३ मत प्राप्त गरे भने उनका प्रतिद्धन्द्धी नेकपा एमालेका महेन्द्रप्रसाद यादवले ३ हजार ६ सय ५५ मत प्राप्त गरे ।

त्यसैगरी उपाध्यक्षमा नेपाली कांग्रेसकी सुनिताकुमारीले ४ हजार २ सय ४६ मत प्राप्त गरिन् । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेकी सवितादेवी महेताले २ हजार ८ सय ७९ मत प्राप्त गरिन् ।

२०७४ को निर्वाचनमा जनता समाजवादी पार्टीले जितेको थियो ।


प्रकाशित : जेष्ठ ४, २०७९ १३:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×