सुनसरीको इनरुवामा कांग्रेसका भण्डारी र मेहता विजयी

अर्जुन सुवेदी

सुनसरी — सुनसरीको इनरुवा नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका केदार भण्डारी र विनिताकुमारी मेहता निर्वाचित भएका छन् । कांग्रेस उम्मेदवार भण्डारी ११ हजार ८२४ मतका साथ मेयरमा निर्वाचित भएका हुन् ।

सुनसरीको इनरुवामा कांग्रेसका भण्डारी र मेहता विजयी

उनका निकतटम प्रत्यासी नेकपा एमालेका सरोजकुमार पोखरेलले ९ हजार ५३ मत पाए ।

त्यस्तै, उपमेयरमा निर्वाचित मेहताले ११ हजार ४८० मत पाइन् भने उनकी निकटतम प्रत्यासी नेकपा एमालेका सहजादी प्रविन (आलम)ले ९ हजार ३३७ मत पाएकी छिन् ।

मेयरमा निर्वाचित भण्डारी कांग्रेस सुनसरीका सभापति समेत हुन् ।

प्रकाशित : जेष्ठ ५, २०७९ २१:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?