इलामको देउमाईमा एमालेका पोख्रेल विजयी- प्रदेश १ - कान्तिपुर समाचार

इलामको देउमाईमा एमालेका पोख्रेल विजयी

विप्लव भट्टराई

इलाम — देउमाई नगरपालिकामा नेकपा एमालेका सूर्यप्रसाद पोख्रेल र पविमाया राई निर्वाचित भएका छन् । पोख्रेलले ८ हजार ६ सय ९५ मत पाए भने निकटतम प्रतिद्वन्द्वी प्रतिद्वन्द्वी गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार होम दुलालले ७ हजार ६ सय २२ मत प्राप्त गरे ।

दुलाल यसअघि २०७४ मा मेयर पदमै पोखरेलसँग पराजित भएका थिए । उपमेयरमा निर्वाचित एमालेकी राईले ८ हजार ५ सय ६३ मत पाइन् ।


प्रकाशित : जेष्ठ ४, २०७९ १९:३७
प्रतिक्रिया
पठाउनुहोस्

तुलसीपुर उपमहानगरपालिकामा पुन: मतगणना सुरु

दुर्गालाल केसी

दाङ — प्रतिनिधि राख्ने विषयमा विवाद हुँदा रोकिएको तुलसीपुर उपमहानगरपालिकाको मतगणना फेरि सुरु भएको छ । नगर प्रमुख, उपप्रमुख र वडाध्यक्षका उम्मेदवारले एक/एक जना प्रतिनिधि राख्ने सहमतिपछि मतगणना सुरु भएको हो ।

निर्वाचन अधिकृतले पाँचदलीय गठबन्धनका पाँच जना प्रतिनिधि र एमालेको एउटा मात्रै प्रतिनिधि राख्ने भनेपछि एमालेले विरोध गरेको थियो । एमाले कार्यकर्ताले नाराबाजी गरेपछि मतगणना रोकी सर्वदलीय छलफल गरिएको थियो । सहमतिपछि मतगणना सुरु गरिएको निर्वाचन अधिकृत राजेश्वर अर्यालले बताए ।

तुलसीपुरमा मंगलबार रातिदेखि मात्रै मतगणना सुरु भएको थियो । तुलसीपुर १७ मा एमालेका वडाध्यक्षका उम्मेदवार लबरु चौधरीको मृत्यु भएपछि वैशाख ३० को मतदान जेठ ३ मा सरेको थियो । मंगलबार वडा नं. १७ मा मतदान सकेपछि मतगणना सुरु भएको हो ।

प्रकाशित : जेष्ठ ४, २०७९ १९:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×