पाँचथरको फिदिममा कांग्रेसका काफ्ले र माओवादी केन्द्रका न्यौपाने निर्वाचित

लक्ष्मी गौतम

पाँचथर — फिदिम नगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनबाट मेयरमा नेपाली कांग्रेसका मित्रप्रसाद काफ्ले र उपमेयरमा नेकपा माओवादी केन्द्रका राधाकृष्ण न्यौपाने निर्वाचित भएका छन् ।

पाँचथरको फिदिममा कांग्रेसका काफ्ले र माओवादी केन्द्रका न्यौपाने निर्वाचित

काफ्लेले नेकपा एमालेका उम्मेद्वार पृथ्वी लावतीलाई ६०१ मत अन्तरले हराँउदै फिदिमको मेयर बनेका हुन्। काफ्लेले ९ हजार ६२८ मत पाँउदा लावतीलाई ९ हजार २७ मत प्राप्त भएको छ ।

उपमेयर पदमा नेकपा माओवादी केन्द्रका न्यौपानेले राप्रपाका जगत थापा मगरलाई ३ हजार १९५ मतको फराकिलो मत अन्तरले पराजित गरे । उनले ८ हजार ७७३ मत पाउँदा थापाले ५ हजार ५७८ मत पाएका छन् । १४ वटा वडा रहेको फिदिममा २०७४ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले ९ वटा वडा सहित मेयर र उप मेयर जितेको थियो ।

यस पटक यहाँ सत्ता गठबन्धन दल एक ठाउँमा उभिएका थिए भने एमालेले राप्रपा र जनता समाजवादी पार्टीसँग तालमेल गरेको थियो ।

प्रकाशित : जेष्ठ ४, २०७९ १८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?