१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सोलुदुधकुण्ड नगरपालिकामा कांग्रेसका उम्मेदवार विजयी

भानुभक्त निरौला

सोलुखुम्बु — सोलुदुधकुण्ड नगरपालिकामा नेपाली कांग्रेसका नाम्गेलजाङ्बु शेर्पा र गान्धिमाया तामाङ निर्वाचित भएका छन् । मेयरमा निर्वाचित शेर्पा सोलुखुम्बु कांग्रेसका सभापति समेत हुन् । शेर्पाले नेकपा एमालेका उम्मेदवार आङकाजी शेर्पालाई ६ सय ७८ मतान्तरले पराजित गर्दै दोश्रो कार्यकालका लागि मेयरमा निर्वाचित भएका हुन् ।

सोलुदुधकुण्ड नगरपालिकामा कांग्रेसका उम्मेदवार विजयी

उनले ४ हजार ९ सय ६८ मत ल्याउँदा एमाले उम्मेदवार आङकाजीले ४ हजार २ सय ९० मत ल्याए । यहाँ माओबादी केन्द्रका उम्मेदवार निमातेण्डुप शेर्पाले १ हजार १ सय ८७ मत ल्याएका छन् ।

उपमेयरमा तामाङले ४ हजार ३ सय ८५ मत ल्याइन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी उम्मेदवार मोहनकुमारी कार्कीले ४ हजार २ सय ७३ मत पाएकी छिन् । विजयी तामाङ कांग्रेसको महाधिबेशन प्रतिनिधि तथा १ नम्बर प्रदेश समिति सदस्य समेत हुन् ।

उपमेयरमा माओबादी केन्द्रकी उम्मेदवार शारदामाया तामाङ १ हजार ८९ मत ल्याइन् । ११ वटा वडा रहेको नगरपालिकामा ६ वटा वडामा कांग्रेस, ४ वडामा नेकपा एमाले र १ वडामा माओबादी केन्द्रका उम्मेदवारले वडाध्यक्ष जितेका छन् ।

प्रकाशित : जेष्ठ ४, २०७९ १६:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?