सुनसरीको भोक्राहा नरसिंहमा कांग्रेस विजयी

सुम्निमा चाम्लिङ

इटहरी — भोक्राहा नरसिंह गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका अजमल अख्तर मियाँ र सुनिता कुमारी उराँव निर्वाचित भएका छन् । अध्यक्षमा निर्वाचित मियाँले ४ जार ९ सय ९३ मत प्राप्त गरे भने उनका प्रतिद्धन्द्धी नेकपा एमालेका महेन्द्रप्रसाद यादवले ३ हजार ६ सय ५५ मत प्राप्त गरे ।

सुनसरीको भोक्राहा नरसिंहमा कांग्रेस विजयी

त्यसैगरी उपाध्यक्षमा नेपाली कांग्रेसकी सुनिताकुमारीले ४ हजार २ सय ४६ मत प्राप्त गरिन् । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेकी सवितादेवी महेताले २ हजार ८ सय ७९ मत प्राप्त गरिन् ।

२०७४ को निर्वाचनमा जनता समाजवादी पार्टीले जितेको थियो ।


प्रकाशित : जेष्ठ ४, २०७९ १३:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?