मोरङको लेटाङमा एमालेका लावती र पोखरेल विजयी- प्रदेश १ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मोरङको लेटाङमा एमालेका लावती र पोखरेल विजयी

विनोद भण्डारी

विराटनगर — मोरङको लेटाङ नगरपालिकाको मेयरमा एमालेका भूपेन्द्र लावती र उपमेयरमा एमालेकै कृष्णकुमारी निरौला पोखरेल विजयी भएका छन् । लावतीले १० हजार २२७ मत ल्याउँदा गठबन्धन तर्फ कांग्रेसका ज्ञानेन्द्र ढकाल ८ हजार १०५ मा सिमित रहे ।

त्यसैगरी उपमेयरमा पोखरेलले ९ हजार ४०६ मतले विजयी हुँदा माओवादी केन्द्रका कृष्ण लम्साल ४ हजार ९०५ मा सिमित रहे ।

अघिल्लो निर्वाचनमा यो नगरपालिकामा मेयर कांग्रेस र उपमेयर एमालेले जितेको थियो । यो मोरङ कांग्रेस सभापति डिगवहादुर लिम्बुको गृह नगर हो ।


प्रकाशित : जेष्ठ ४, २०७९ ११:४२
प्रतिक्रिया
पठाउनुहोस्

दाङको गढवामा माओवादी केन्द्रका पोखरेल र कांग्रेसकी चौधरी विजयी

दुर्गालाल केसी

दाङ — गढवा गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका यमनारायण शर्मा पोखरेल र उपाध्यक्षमा नेपाली कांग्रेसका शारदाकुमारी चौधरी निर्वाचित भएका छन् । यहाँ नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको गठबन्धन थियो । २०७४ मा दुवै पद एमालेले जितेको थियो ।

पुन: उम्मेद्वार भएका एमालेका अध्यक्ष र उपाध्यक्ष दुवै जना पराजित भएका छन् । अध्यक्षमा माओवादीका पोखरेलले ६ हजार ९ सय ९ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सर्वजित डिसीले ६ हजार १६७ मत पाए ।

उपाध्यक्षमा नेपाली कांग्रेसकी शारदा कुमारी चौधरी ५ हजार ८ सय ८१ मतका साथ विजयी भएकी छिन् । सोही पदमा एमालेकी सिता कुमारी चौधरीले ४ हजार ८ सय ३० र नेकपा एकिकृत समाजवादीकी शान्ती चौधरीले ४ हजार १ सय १२ मत प्राप्त गरेकी छिन् ।

प्रकाशित : जेष्ठ ४, २०७९ ११:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×