२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

ओखलढुंगाको खिजिदेम्बामा जसपाका गम्बु शेर्पा विजयी

कुम्भराज राई

ओखलढुंगा — खिजिदेम्बा गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टीका उम्मेद्वार गम्बु शेर्पा निर्वाचित भएका छन् । उनले २ हजार ८ सय ८२ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका भुपेन्द्र बस्नतेले २ हजार ७ सय ५२ मत पाए ।

ओखलढुंगाको खिजिदेम्बामा जसपाका गम्बु शेर्पा विजयी

बस्नेत र शेर्पा बिचमा कडा प्रतिस्पर्धा भएको थियो । त्यसैगरि उपाध्यक्षमा नेपाली काँग्रेसकी सुशिला तामाङ विजयी भइन् । उनले २ हजार ८ सय २४ मत प्राप्त गरिन् । उनका निकटतम प्रतिद्वन्दी जसपाकी २ हजार २ सय ४१ प्राप्त गरिन् ।

जसपाबाट अध्यक्षका उम्मेद्वार गम्बु शेर्पा गायक समेत हुन् । उनी एक दशक भन्दा बढी समय अमेरिका बसेर फर्किएका हुन् । दुईवर्षदेखि खिजिदेम्बामा जसपाको राजनीति थालेका उनले काँग्रेसको गढ मानिएको पालिकामा विजय हासिल गरे ।


प्रकाशित : जेष्ठ २, २०७९ २१:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?