कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खोटाङको साकेलामा कांग्रेसका रविप्रकाश र माओवादीकी बिर्सिका निर्वाचित

डम्बरसिं राई

खोटाङ — साकेला गाउँपालिकाको अध्यक्षमा कांग्रेसका रविप्रकाश राई विजयी भएका छन् । उनले एक हजार आठ सय ५० मत ल्याएर विजयी भएका हुन् । राईका निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका अर्जुनकुमार खड्काले एक हजार सात सय ७२ मत ल्याएर पराजित भए ।

खोटाङको साकेलामा कांग्रेसका रविप्रकाश र माओवादीकी बिर्सिका निर्वाचित

एमालेका गोपीकृष्ण खड्काले नौ सय ६७ मत ल्याएका छन् । उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी बिर्सिका राई विजयी भएकी छन् । उनले दुई हजार १२ मत ल्याइन् ।

उनकी निकटतम् प्रतिद्वन्दी कांग्रेसकी सरिता खड्काले एक हजार २४ मत र एमालेकी दिलकुमारी राईले नौ सय ८६ मत ल्याएकी छन् ।


प्रकाशित : जेष्ठ २, २०७९ २०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?