कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

ओखलढुंगाको चम्पादेवीमा काँग्रेसका केसी र एमालेकी मगर विजयी

कुम्भराज राई

ओखलढुंगा — चम्पादेवी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका नवराज केसी विजयी भएका छन् । उपाध्यक्षमा भने नेकपा एमालेकी दिलामाया मगर विजयी भएकी छन् । अध्यक्षमा केसीले ४ हजार ७ सय १५ मत ल्याए । उपाध्यक्षमा मगरले ४ हजार ६ सय १३ मत प्राप्त गरिन् । 

ओखलढुंगाको चम्पादेवीमा काँग्रेसका केसी र एमालेकी मगर विजयी

केसीका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका खड्गबहादुर कार्कीले ४ हजार ५ सय ६० मत प्राप्त गरे । मगरकी निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी कुसा पुलामी मगरले ४ हजार ४ सय ४७ मत प्राप्त गरिन् ।

नेकपा एमालेबाट बागी बनेर अध्यक्षमा उम्मेद्वारी दिएका खेम मिश्रले खरायो चुनाव चिन्हमा २ सय ५६ मत प्राप्त गरे । यहाँका १० वडामध्ये सातमा काँग्रेस विजयी भएका छन् । तीन वटामा एमाले विजयी भए । अध्यक्ष केसी नेपाली काँग्रेसका जिल्ला उपसभापति हुन् ।

उनी २०७४ को निर्वाचनमा पनि चम्पादेवीको अध्यक्षमा निर्वाचित भएका थिए । दोश्रो कार्यकालका लागि फेरी निर्वाचित भएका हुन् ।

काँग्रेसका विजयी वडाअध्यक्षहरुमा वडा नं. १ मा कुलबहादुर श्रेष्ठ, २ मा विष्णु पुलामी, ४ मा इन्द्र खत्री, ५ मा मोहन तामाङ, ८ मा हरि बराल, ९ मा सुजन पौडेल र १० मा रोहित ढुंगेल विजयी भए । त्यसैगरि एमालेका उम्मेद्वारहरु वडा नं. ३ मा धन श्रेष्ठ, ६ मा गणेशबहादुर र ७ मा सुरेश थापा निर्वाचित भएका छन् ।

प्रकाशित : जेष्ठ २, २०७९ १५:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?