१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

सोलुखुम्बुको माप्य दूधकोशीमा एमालेका राई निर्वाचित

भानुभक्त निरौला

सोलुखुम्बु — माप्य दुधकोशी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका बुद्धिकिरण राई पुन: निर्वाचित भएका छन् । राईले ३ हजार ३ सय ४३ मत सहित दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।

सोलुखुम्बुको माप्य दूधकोशीमा एमालेका राई निर्वाचित

उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार चन्द्र राइले २ हजार ९ सय ८५ मत प्राप्त गरेका छन् ।

यस्तै, उपाध्यक्ष पदमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका गौरव राई निर्वाचित भएका छन् । उनले ३ हजार ७७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवार जुनिता माया मगरको ३ हजार ४९ मत पाएकी छिन् ।

प्रकाशित : जेष्ठ २, २०७९ ११:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?