कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तेह्रथुमको आठराई गाउँपालिकामा कांग्रेसकाे अग्रता, यस्तो छ तीन वडाको परिणाम

तेह्रथुम — आठराई गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार दिलकुमार पाहिमले अग्रता लिएका छन् । पछिल्लो मत परीणाम अनुसार पाहिमले २ हजार ३ सय ६० मत प्राप्त गरी अग्रता लिएका छन् । एमालेका अध्यक्षका उम्मेदवार रामचन्द्र थपलियाले १ हजार ५ सय ५२ मतले पाहिमलाई पछ्याईरहेका छन् । 

तेह्रथुमको आठराई गाउँपालिकामा कांग्रेसकाे अग्रता, यस्तो छ तीन वडाको परिणाम

उपाध्यक्षमा पनि सत्ता गठवन्धनबाट माओवादी केन्द्रका बलिराज ईङनामले १ हजार ८ सय ७२ मत प्राप्त गरेका छन् । एमालेकी रुपादेवी कन्दङवाले १ हजार ७ सय ३२ मत ल्याएर पछ्याएकी छिन । रुपादेवी निवर्तमान गाउँपालिका उपाध्यक्ष हुन् ।

यहाँका ७ वडा मध्ये तीन वडाको नतिजा सार्वजनिक भएको छ । वडा नं. १ मा नेकपा एमाले र वडा नं. २ र ३ मा नेपाली कांग्रेसले जितेको छ । वडा नं. १ को वडाध्यक्षमा एमालेका प्रेमराज लिम्बू विजयी भएका छन् । उनले ७ सय १७ मत प्राप्त गरेका छन् । उनका प्रतिष्पर्धी कांग्रेसका धनबहादुर लिम्बूले ६ सय ५३ मत प्राप्त गरे ।

वडा नं. २ को वडाध्यक्षमा कांग्रेसका उम्मेदवार भीमबहादुर लिम्बूले जितेका छन् । उनले ६ सय ७० मत प्राप्त गरेका छन् । उनका निटकतम प्रतिद्वन्द्वी नेकपा एमालेका गजेन्द्र बहादुर चोङवाङले ६ सय ३७ मत प्राप्त गरेका छन् ।

वडा नं. ३ को वडाध्यक्षमा कांग्रेसका उम्मेदवार बुद्धिमान गुरूङले जितेका छन् । उनले ६ सय ७३ मत पाएका छन् । उनका निकटतम प्रत्यासी एमालेका उम्मेदवार भीष्मराज डांगीले ४ सय ८४ मत प्राप्त गरेका थिए । डांगी निवर्तमान वडाध्यक्ष हुन् ।

प्रकाशित : जेष्ठ १, २०७९ १२:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?