सूर्योदयमा एकीकृत समाजवादीका राईको अग्रता, प्रदेश सांसद छोडेर आएका कागते पछ्याउँदै

इलाम — इलामको सूर्योदय नगरपालिकामा नेकपा एकीकृत समाजवादीका रनबहादुर राईले अग्रता कायम राखेका छन् । पछिल्लो परिणामअनुसार राईले २६८ मत पाएका छन् ।

सूर्योदयमा एकीकृत समाजवादीका राईको अग्रता, प्रदेश सांसद छोडेर आएका कागते पछ्याउँदै

यहाँ नेकपा एमालेका उम्मेदवार काजीमान कागतेले ३४३ मत पाएका छन् । कागते प्रदेश सभा सदस्यबाट राजीनामा दिएर मेयर उम्मेदवार बनेका हुन् ।

उपमेयरमा नेकपा एमालेकी दुर्गादेवी भट्टराईले ३३७ मत पाएकी छन् भने नेपाली कांग्रेसका दुर्गाकुमार बरालले ३१६ मत पाएका छन् ।

प्रकाशित : वैशाख ३१, २०७९ २१:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?