तेह्रथुमको लालीगराँस नगरपालिका-१ मा एमालेका खड्का विजयी  - प्रदेश १ - कान्तिपुर समाचार

तेह्रथुमको लालीगराँस नगरपालिका-१ मा एमालेका खड्का विजयी  

कान्तिपुर संवाददाता

तेह्रथुम — तेह्रथुमको लालीगुराँस नगरपालिका–१ को वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार दान वहादुर खड्का विजयी भएका छन् ।

खड्काले ३ सय ९६ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेदवार हिमचन्द्र गुरुङले २ सय ९८ मत प्राप्त गरे ।


प्रकाशित : वैशाख ३१, २०७९ १४:०७
प्रतिक्रिया
पठाउनुहोस्

हेटौंडामा गठबन्धनले लियो अग्रता

सुवास विडारी

हेटौंडा — वाग्मती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिकाको मतगणना धमाधम भइरहेको छ । हाल हेटौंडा–१, २, १८ र १९ नम्बर वडामा मतगणना कार्य भइरहेको छ । हालसम्म ९०० मत गणना हुँदा सत्तारुढ गठबन्धनले मेयर र उपमेयर दुवैमा अग्रता लिएको छ ।

हालसम्म सत्तारुढ गठबन्धनतर्फ मेयरकी उम्मेदवार मीना लामा १० मतले अगाडि रहेकी छन् । हालसम्म गठबन्धनले २८३ मत प्राप्त गरेको छ । उनलाई एमालेले पछ्याइरहेको छ । एमालेका उम्मेदवार अनन्तप्रसाद पौडेलले २७३ मत प्राप्त गरेका छन् । राप्रपाका उम्मेदवार दीपकबहादुर सिंह १२४ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन् ।

उपमेयरमा कांग्रेसका राजेश बानियाँले ४१८ मत प्राप्त गरेका छन् । एमालेकी उम्मेदवार सुमित्रा काफ्लेले ३१९ र राप्रपाकी इन्दिरा न्यौपानेले ६१ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित : वैशाख ३१, २०७९ १४:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×