तेह्रथुमको म्याङलुङ-१ मा कांग्रेसको प्यानल विजयी- प्रदेश १ - कान्तिपुर समाचार

तेह्रथुमको म्याङलुङ-१ मा कांग्रेसको प्यानल विजयी

कान्तिपुर संवाददाता

तेह्रथुम — तेह्रथुमको म्याङलुङ नगरपालिका-१ को वडाध्यक्षमा नेपाली कांग्रेसका बुद्धीराज लिम्वु निर्वाचित भएका छन् । वडामा उनको प्यानलै निर्वाचित भएको छ ।

वडाध्यक्ष पदमा विजयी लिम्वुले ७ सय ८७ मत प्राप्त गरेका छन् ।

उनका प्रतिद्वन्दी नेकपा एमालेका शुभभगत प्रधानाङगले ६ सय ३४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित : वैशाख ३१, २०७९ १३:५४
प्रतिक्रिया
पठाउनुहोस्

मनहरी–१ मा कांग्रेस विजयी

कान्तिपुर संवाददाता

मकवानपुर — मकवानपुरको मनहरी गाउँपालिका– १ मा कांग्रेस विजयी भएको छ । कांग्रेसका वडा अध्यक्षका उम्मेदवार शिवप्रसाद खनाल करिब ७ सय मतान्तरले विजयी भएका हुन् । 

कुल १७ सय ८६ मत खसेकोमा विजयी भएका खनालले १ हजार ९७ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनको प्यानलका प्रदीप ढकाल, सानुकान्छा घलान, सिद्धिमाया तामाङ र सावित्री घिमिरे विजयी भएका छन् ।

खनालका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का तर्फबाट वडा अध्यक्षका उम्मेदवारले ३ सय ९० मत पाएका थिए । समाजवादी र माओबादीका गठबन्धनले ३ सय १० मत पाएको थियो ।


प्रकाशित : वैशाख ३१, २०७९ १३:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×