तेह्रथुमको फेदाप -१ मा एमालेका श्रेष्ठ विजयी- प्रदेश १ - कान्तिपुर समाचार

तेह्रथुमको फेदाप -१ मा एमालेका श्रेष्ठ विजयी

कान्तिपुर संवाददाता

तेह्रथुम — तेह्रथुमको फेदाप गाउँपालिका- १ को वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार मन बहादुर श्रेष्ठ विजयी भएका छन् ।

श्रेष्ठले ९ सय ३७प्राप्त गरेका छन् । उनका प्रतिद्धन्दी नेपाली काँग्रेसका उम्मेदवार किशोरचन्द्र रिजालले ८ सय ८८मतप्राप्त गरे । श्रेष्ठ निवर्तमान वडा अध्यक्षसमेत हुन् ।

निर्वाचनअधिकृत इन्द्र श्रेष्ठकाअनुसार एक जना वडा सदस्यबाहेक अन्य सबै पदमा एमालेका उम्मेदवार विजयी भएका छन् ।

प्रकाशित : वैशाख ३१, २०७९ १३:३६
प्रतिक्रिया
पठाउनुहोस्

पर्साको कालिकामाईमा कांग्रेसलाई सुरुवाति अग्रता 

कान्तिपुर संवाददाता

पर्सा — पर्साको कालिकामाई गाउँपालिकामा नेपाली कांग्रेसले सुरुवाति अग्रता लिएको छ ।

निर्वाचन अधिकृत प्रकाश कोइरालाका अनुसार, अध्यक्ष पदमा नेपाली कांग्रेसका अजय कुमारले २ सय २१ मतसहित अग्रता बनाएका छन् । जसपाका बशिष्ट कुमार १ सय २९ मत ल्याएर दोस्रो स्थानमा छन् ।

उपाध्यक्ष पदमा नेपाली कांग्रेसकी राजमती बरैनीले २ सय १२ र जसपाकी सहानी खातुन १ सय २८ मत ल्याई दोस्रो स्थानमा रहेकी छन् ।

प्रकाशित : वैशाख ३१, २०७९ १३:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×