फिदिम नगरपालिकामा कांग्रेसको सुरुवाती अग्रता- प्रदेश १ - कान्तिपुर समाचार

फिदिम नगरपालिकामा कांग्रेसको सुरुवाती अग्रता

कान्तिपुर संवाददाता

पाँचथर — पाँचथरको फिदिम नगरपालिकामा नेपाली कांग्रेसका उम्मेद्वारले शूरुवाती अग्रता लिएका छन । १४ वटा वडा रहेको यो नगरपालिकामा कांग्रेसका तर्फबाट मेयर पदका उम्मेद्वार मित्रप्रसाद काफ्लेलाई १ सय ९४ मत प्राप्त हुँदा नेकपा एमालेका पृथ्वी लावतीले १ सय ७० मत प्राप्त गरेका छन् ।

यस्तै, उपमेयर पदमा नेकपा माओवादी केन्द्रका उम्मेद्वारको शुरुवाती अग्रता छ ।

यहाँ माओवादी केन्द्रका राधाकृष्ण नेउपानेले १ सय १९१ मत प्राप्त गर्दा राप्रपाका जगत थापा मगरले १ सय २१ मत सहित दोस्रो स्थानमा छन् । फिदिम नगरपालिकामा २१ हजार ८ सय ४५ मत खसेको छ ।


प्रकाशित : वैशाख ३१, २०७९ १२:४७
प्रतिक्रिया
पठाउनुहोस्

जनकपुरको मेयरमा स्वतन्त्र उम्मेदवार सुडीको अग्रता

निवर्तमान मेयर पाँचौँ स्थानमा 
कान्तिपुर संवाददाता

काठमाडौँ — जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडीले अग्रता बनाएका छन् । सुडी २३२ मतका साथ अग्रस्थानमा छन् । सुडीलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का शिवशंकर साहले ९५ मत ल्याएका छन् ।

कांग्रेसले मेयर पद जसपालाई छाडेपछि सुडीले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । गठबन्धनका तर्फबाट निवर्तमान मेयर लालकिशोर साह नै उम्मेदवार बनेका थिए । उनी अहिलेसम्मको नतिजाअनुसार पाँचौँ स्थानमा छन् । उनले ३४ मत पाएका छन् । त्यस्तै तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार बलराम महतो र चौथो स्थानमा लोसपाका मनोज चौधरीले ४१ मत पाएका छन् ।

उपप्रमुखमा भने कांग्रेसका किशोरी साह ३०० मतसहित अग्रस्थानमा रहेका छन् । उनलाई एमालेकी रुणादेवी झाले १३५ मतसहित पछ्याइरहेकी छन् ।

प्रकाशित : वैशाख ३१, २०७९ १२:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×