धनकुटाको सहिदभूमिमा मतदान स्थगित


धनकुटा — धनकुटाको सहिदभूमि गाउँपालिका–६ काे ठाकुरदेवी मावि केन्द्रमा मतदान स्थगित भएकाे छ ।

गठबन्धन र एमाले कार्यकर्ताबीच विवाद भएपछि मतदान स्थगित भएकाे मुख्य निर्वाचन अधिकृत फणीन्द्र पराजुलीले जानकारी दिए । २५१३ कुल मतदातामा ५०० मत खसेपछि १२ बजेदेखि स्थगित भएकाे जनाइएको छ ।
प्रकाशित : वैशाख ३०, २०७९ १२:३७