आठ घण्टा घरबाहिर ननिस्कन संखुवासभा प्रशासनको निर्देशन

दीपेन्द्र शाक्य

संखुवासभा — जिल्ला प्रशासन कार्यालय संखुवासभाले ८ घण्टा घरबाहिर ननिस्कन निर्देशन दिएको छ । शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि बिहीबार राति ८ बजेदेखि शुक्रबार बिहान ४ बजेसम्म अत्यावश्यक काम नपरेसम्म घरबाट बाहिर ननिस्कन प्रशासनले निर्देशन दिएको हो ।

निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै स्थानीय तह निर्वाचन आचारसंहिता समितिको बिहीबार बसेको बैठकले काम परेर घरबाहिर निस्कन परे प्रहरीलाई अनिवार्य खबर गर्नुपर्ने जनाएको छ ।


प्रकाशित : वैशाख २९, २०७९ १७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?