निर्वाचनका कारण सुनसरीमा रगत संकलन न्यून- प्रदेश १ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निर्वाचनका कारण सुनसरीमा रगत संकलन न्यून

सुम्निमा चाम्लिङ

इटहरी — स्थानीय तहको निर्वाचनको कारण तीन सातादेखि जिल्लामा आवश्यक मात्रामा रगत उपलब्ध हुन छाडेको छ । नेपाल रेडक्रस सोसाइटी सुनसरीका सभापति उमेश थापाका अनुसार चुनावका कारण रक्तदान कार्यक्रम नहुँदा रगत अभाव हुने देखिएको हो । उनले भने, ‘रगत अभाव हुन नदिन घुम्ती डोनेसनको काम भइरहेको छ । थोरै समूहबाट भए पनि रगत संकलन गरेर आपूर्ति व्यवस्था गर्दै आएका छौं ।’ 

रेडक्रस सुनसरीका अनुसार जिल्लामा दैनिक ५० युनिट रगत आवश्यक पर्छ । हाल दैनिक मुस्किलले ४० युनिट रगतमात्र उपलब्ध गराउन सकिएको थापाले बताए ।

रेडक्रस सुनसरीले वैशाख १२ देखि १७ गतेसम्म आकस्मिक खुल्ला रक्तदान शिविर आयोजना गरेको थियो । नेपाल रेडक्रस सोसाइटी सुनसरीका शाखा अधिकृत किरणकुमार कार्कीका अनुसार रगत अभाव हुँदा डायलासिस, सुत्केरी र आकस्मिक शल्यक्रिया गर्नुपर्ने बिरामी बढी प्रभावित बनेका छन् ।

रगत अभाव हुँदा युवाहरुको समूह ‘युथ फर ब्लड’ धरान र व्यक्तिगत रक्तदातामार्फत उपलब्ध गराउँदै आएका छन् । हालसम्म संकलित रगतले जेठ पहिलो हप्तासम्म मात्र पुग्ने कार्कीले बताए ।


प्रकाशित : वैशाख २२, २०७९ १५:५२
प्रतिक्रिया
पठाउनुहोस्

सूर्य चिह्न हरियो बनाएर निर्वाचन आयोगले बेठीक काम गर्‍यो : ओली

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको चुनाव चिह्न सूर्यलाई हरियो बनाएको भन्दै आपत्ति जनाएका छन् । कैलालीको बौनियामा बिहीबार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै सूर्य चिह्नलाई हरियो बनाएर निर्वाचन आयोगले बेठीक काम गरेको बताए । 

‘यसपटक निर्वाचन आयोगले बेठीक काम गरेको छ । चुनाव चिह्न सूर्यलाई हरियो बनाएको छ । हामीले भन्दाभन्दै पनि रुखलाई हरियो बनाउनका लागि निर्वाचन आयोगले सूर्यलाई हरियो बनायो,’ ओलीले भने, ‘पहिलो लहरमा सूर्य हुन्छ नझुक्किनु होला ।’

प्रकाशित : वैशाख २२, २०७९ १५:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×