कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

दम्पती नै प्रमुख र उपप्रमुखका उम्मेदवार

दीपेन्द्र शाक्य

संखुवासभा — खाँदबारी नगरपालिकामा प्रमुख र उपप्रमुख पदमा दम्पतीले उम्मेदवारी दिएका छन् । स्थानीय तह निर्वाचनको लागि खाँदबारी नगरपालिकाको प्रमुख/उपप्रमुख बन्न श्रीमान्–श्रीमतीकै उम्मेदवारी परेको हो । जनता समाजवादी पार्टीले खाँदबारी नगरपालिकाको प्रमुखमा सिताराम तिम्सिना र उपप्रमुखमा मैयाँदेवी चिमरियाको उम्मेदवारी दर्ता गराएका हुन् ।

दम्पती नै प्रमुख र उपप्रमुखका उम्मेदवार

प्रमुख पदका उम्मेदवार बनेका तिम्सिना जनता समाजवादी पार्टीको संघीय परिषद्को केन्द्रीय सदस्य हुन् । पार्टीले जिम्मा दिएपछि श्रीमान्–श्रीमतीले नै एउटै पार्टीबाट एउटै पालिकामा उम्मेदवारी दिएको तिम्सिनाले बताए ।

दशकौं लामो राजनीतिमा लागेपछि पनि निर्वाचनमा टिकट नपाएपछि कसैले बागीको बाटो समेत रोजेका छन् । जनता समाजवादीले खाँदबारी नगरपालिकाका लागि गठबन्धन गरेको छ ।

खाँदबारी नगरपालिका प्रमुखका लागि ३ स्वतन्त्रसहित ९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । खाँदबारी नगरपालिका नगर प्रमुखमा पाँच दलीय गठबन्धनबाट प्रमुख पदमा नेपाली कांग्रेसका महेश थपलिया, उपप्रमुखमा नेकपा माओवादी केन्द्रका दिव्यराज बरालको उम्मेदवारी परेको छ ।

प्रमुख पदका लागि नेकपा एमालेबाट जीतबहादुर घिमिरे, राष्ट्रिय जनमुक्ति पार्टीका भरत राई, राष्ट्रिय जनमोर्चाका हेमकुमार गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका सोमनाथ खनाल र स्वतन्त्रबाट प्रविन कार्की, सुदिप गुरुङ र खड्गबहादुर दमाईले प्रमुख पदका लागि उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उपप्रमुखमा एमालेबाट महेश्वरा बज्राचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हिरादेवी श्रेष्ठको उम्मेदवारी परेको छ । ११ वटा स्थानीय तह रहेको खाँदबारीमा ५७ पदका लागि १ सय ४१ जनाको उम्मेदवारी परेको हो ।

प्रकाशित : वैशाख १५, २०७९ १३:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?