कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

झापामा चट्याङ लागेर महिलाको मृत्यु

अर्जुन राजवंशी

बिर्तामोड — चट्याङ लागेर आइतबार अपराह्न झापाको गौरादहमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरादह नगरपालिका–५ की ४० वर्षीया मनमाया थापा छिन् ।

अपराह्न १ बजेतिर घर पछाडिको बारीमा काम गर्दै गरेकी थापालाई चट्याङ लागेको थियो ।

हावाहुरी र पानीसँगै परेको चट्याङ लागेर थापा सिकिस्त बनेकी थिइन् । उपचारका लागि गौरादहस्थित मेडिम्याक्स अस्पताल लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


प्रकाशित : चैत्र २७, २०७८ १५:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?