बलात्कारविरुद्ध वरुण विद्यार्थी अभियान

दीपेन्द्र शाक्य

संखुवासभा — संखुवासभा सदरमुकाम खाँदबारीमा रहेको वरुण क्याम्पसका विद्यार्थीले बलात्कारविरुद्ध जुलुस निकालेका छन् । बुधबार क्याम्पसबाट निकालिएको जुलुसमा करिब ३ सय विद्यार्थी सहभागी थिए ।

बलात्कारविरुद्ध वरुण विद्यार्थी अभियान

दिनदिनै बलात्कारका घटना बढिरहेको भन्दै त्यसको न्यूनीकरणका लागि वरुण क्याम्पसका विद्यार्थीले बलात्कारविरुद्धको अभियान चलाएका हुन् । नेपाल विद्यार्थी संघ वरुण क्याम्पसको अगुवाइमा जुलुस निकालिएको जुलुसमा विद्यार्थीहरूले बलात्कारीलाई फाँसी दे, बलात्कार र यौन हिंसा रोकौँ लगायत नारा लगाएका थिए ।

बलात्कार र महिला हिंसाबाट पीडितले न्याय नपाएको भन्दै विद्यार्थीहरू अभियानमा उत्रिएका हुन् । संघका सभापति चिरञ्जीवी श्रेष्ठका अनुसार विद्यार्थीले जुलुसपछि १५ मिनेट प्ले कार्डसहित मौन प्रर्दशन गरेका थिए ।

प्रकाशित : चैत्र २३, २०७८ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?