पाथीभरा दर्शनका क्रममा ढलेर एक जनाको मृत्यु

आनन्द गौतम

ताप्लेजुङ — पाथीभरा दर्शनका क्रममा सुनसरीको इटहरी नगरपालिका–९ का खिनबहादुर ढुंगानाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कैलाशकुमार अधिकारीका अनुसार ६० वर्षीय ढुंगाना मन्दिर परिक्रमा गर्ने क्रममा ढलेका थिए । 

प्राथमिक उपचार केन्द्र माथिल्लो फेदीबाट गएका स्वास्थ्यकर्मी उमानाथ पौडेलका अनुसार ढुंगानालाई प्रारम्भिक उपचार गरी थप उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याइएको थियो । अस्पतालका चिकित्सिकले उनलाई मृत घोषणा गरेको र उनको शव शव गृहमा राखिएको अधिकारीले बताए ।

३ हजार ७ सय ९४ मिटर उचाइमा रहेको पाथीभरामा उकालो जानेक्रममा लेक लागेको हुनसक्ने चिकित्सको अनुमान छ । ढुंगाना परिवारसहित पाथीभरा दर्शनमा आएका थिए । आइतबार माथिल्लो फेदीमा बसेर सोमबार बिहान उनी मन्दिर दर्शनका लागि गएका थिए ।

प्रकाशित : चैत्र १४, २०७८ १४:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?