कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

संखुवासभामा नक्कली प्रहरी पक्राउ

दीपेन्द्र शाक्य

संखुवासभा — नक्कली प्रहरीको रुपमा ठगी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय संखुवासभाले २ जनालाई पक्राउ गरेको छ । पाँचखपन नगरपालिका ४ का अर्जुन तामाङ र रमेशकुमार तामाङलाई नक्कली प्रहरीको पोसाकसहित पक्राउ परेको डीएसपी लालध्वज सुवेदीले बताए ।

संखुवासभामा नक्कली प्रहरी पक्राउ

पक्राउ परेका रमेशले श्रीमति प्रमिला सार्कीलाई अपहरण गर्न ४ जना नक्कली प्रहरी परिचालन गरेको बताएका छन् । प्रहरीका अनुसार अझै २ जना नक्कली प्रहरी फरार छन् । पक्राउ परेका रमेश र प्रमिलाबीच विगत ६ महिनादेखि मनमुटाब थियो ।

खाँदबारीमा पत्रकार सम्मेलन गरेर प्रहरीले शुक्रबार नक्कली प्रहरीलाई सार्वजनिक गरेको हो । उनीहरुको साथबाट प्रहरी नायव निरीक्षक, प्रहरी हवल्दार र जवानको दर्ज्यानी चिन्हसहितको पोसाक र जुत्ता फेला पारेको प्रहरीले जनाएको छ ।

प्रकाशित : चैत्र ४, २०७८ १४:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?