३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

स्पोर्ट्स फर अल कमिसन प्रदेश १ को अध्यक्षमा सिटौला

अर्जुन राजवंशी

बिर्तामोड — नेपाल ओलम्पिक कमिटी (एनओसी) अन्तर्गत स्पोर्ट्स फर अल कमिसन प्रदेश १ को अध्यक्षमा भोजराज सिटौला चयन भएका छन् । झापा बिर्तामोडका सिटौलाको संयोजकत्वमा २० सदस्यीय प्रदेश कमिटी गठन भएको हो ।

स्पोर्ट्स फर अल कमिसन प्रदेश १ को अध्यक्षमा सिटौला

केन्द्रीय अध्यक्ष विष्णुगोपाल श्रेष्ठसहितको केन्द्रीय कमिटीको उपस्थितिमा बिर्तामोडमा दुई दिवसीय कार्यक्रम गरी प्रदेश कमिटी गठन गरिएको हो । प्रदेश कमिसनको सह–संयोजकमा रन्जन ओझा, महासचिमा सजेश सिवाकोटी, सचिवमा दुर्गा निरौला, सहसचिवमा नारायणकुमार श्रेष्ठ, कोषाध्यक्षमा सन्तोष उप्रेती चयन भएका छन् ।

सदस्यहरुमा रुपेश श्रेष्ठ (धनकुटा), रोहित खड्का (इलाम), मोहन अधिकारी (पाँचथर), पार्वता राई (उदयपुर), दिपक गुरुङ (मोरङ) मदन राई (भोजपुर), दिवाकर प्रसाईं ( ताप्लेजुङ्ग), रमेश श्रेष्ठ (संखुवासभा), मिजास पोखरेल (झापा), प्रविन खड्का (झापा), राम दाहाल (झापा) रबिन्द्र राउत (झापा), कैलास प्रसाईं (झापा) र आशिष बन (झापा) चयन भएका छन् ।

केन्द्रीय कमिटीले गठन लगत्तै प्रदेश कमिटीसँग बिहीबार एक दिवसीय अभिमुखिकरण कार्यक्रम समेत सम्पन्न गरेको छ । कार्यक्रममा ओलम्पिक–डे २०२२ का लागि योजना तर्जुमा विषयमा छलफल समेत भएको थियो । केन्द्रीय अध्यक्ष श्रेष्ठले चालु वर्षमा देशभर २ हजार ५ सय भन्दा बढी कार्यक्रम आयोजना गर्ने लक्ष्य राखेको जानकारी दिए । ती कार्यक्रमहरुमा देशभरिका करिब २ लाख खेलाडीले प्रत्यक्ष सहभागिता जनाउने उनको भनाइ छ ।

‘ओलम्पिक अन्तर्गतका सबैखाले कार्यक्रम गर्नेगरी हामी देशभरीका लागि कार्यक्रम तर्जुमा गरेका छौं । यी सबै कार्यक्रम गर्दा न्यूनतम ५ करोड खर्च लाग्छ । तर, सरकारले हामीलाई ५ लाख मात्र विनियोजन गरेको छ,’ श्रेष्ठले भने, ‘बजेट अभावकाबीच बढीभन्दा बढी कार्यक्रम गर्नुछ । त्यसैले प्रदेश कमिटीहरुले आफैं सक्रिय भएर खेल गतिविधिहरु सञ्चालन गर्नुपर्ने हुन्छ ।’

प्रकाशित : फाल्गुन २०, २०७८ १०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?