कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

धरानको एक होटलमा महिलाको शव फेला

सँगै बसेका पुरुष फरार
प्रदीप मेन्याङ्बो

सुनसरी — सुनसरीको धरान-१८ बुद्धचोकस्थित एक होटलको कोठामा अधबैंसे महिलाको शव फेला परेको छ । न्यू कान्तिप‍ूर होटल एन्ड गेस्ट हाउसको कोठामा महिलाको शव फेला परेको हो । मंगलबार (आज) बिहान कोठा सफा गर्न गएका बेला होटलका कर्मचारीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

धरानको एक होटलमा महिलाको शव फेला

होटल सञ्चालक सुशील जिमीका अनुसार दुई दिनदेखि ती महिलासँगै एक जना पुरुष होटलको १०९ नम्बरको कोठा बुक गरेर बसेका थिए । बिहान सरसफाइ गर्ने क्रममा ढोकाको चुकुल नलगाएको देखेर कोठमा छिरेका कर्मचारीहरूले बेडमा सुतेकै अवस्थामा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

सोमबार बेलुकासम्म महिलासँगै एक पुरुष पनि सँगै बसे पनि बिहान भने ती पुरुष थिएनन् । फरार रहेका ती पुरुष र मृतक महिलाबीचको सम्बन्ध खुल्न सकेको छैन ।

धरानस्थित ईलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरका अनुसार महिलाको सनाखत हुन सकेको छैन ।

उनले भने, ‘मृतक महिलाको शवको सनाखत हुन नसके पनि उनको साथबाट पाँचथरको मिक्लाजुङ ठेगाना रहेको सुमित्रा तामाङ नामको एक नागरिकता भने फेला परेको छ । प्रहरीले फरार पुरुषको खोजी र अनुसन्धान गरिरहेको छ ।’ प्रहरी नायव उपरीक्षक कुँवरले शवको सनाखत गर्न परिवार तथा आफन्तजनको खोजी भइरहेको र मृतक महिलाका आफन्तजन आएपछि मात्र शव हेर्ने, घटना प्रकृति मुचुल्का गरिने उनले बताए । महिलाको अनुहारमा चोटसमेत देखिएकाले हत्या हुन सक्ने आशंका प्रहरीले गरेको छ ।

प्रकाशित : फाल्गुन १७, २०७८ १०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?