२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

मेचीनगरको चाउचाउ उद्योगमा भीषण आगलागी

पर्वत पोर्तेल

काँकडभिट्टा — झापा मेचीनगर–१४ दुहागढीस्थित एक चाउचाउ उद्योगमा भीषण आगलागी भएको छ ।

मेचीनगरको चाउचाउ उद्योगमा भीषण आगलागी

मनसा फुडद्वारा उत्पादित मगमग चाउचाउ उद्योगमा शनिबार बिहान ५ बजेदेखि आगो लागेको प्रहरीले जनाएको छ ।


बिजुली सट भएर आगो लागेको प्रहरीको आशंका छ । भद्रपुर, बिर्तामोड लगायतका पालिकाका दमकलले आगो निभाउने प्रयास गर्दैछन् । बिग्रिएर थन्किएका कारण मेचीनगरको दमकल भने छैन । इलाम, मोरङ र सुनसरीबाट पनि दमकल आउँदै गरेको प्रहरीले जनाएको छ ।


आगलागीबाट के–कति क्षति भयो विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित : माघ २९, २०७८ ०६:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?