मेचीनगरको एसएस फुटवेयरमा आगलागी

काँकडभिट्टा — झापाको मेचीनगर नगरपालिका–६ मा रहेकाे जुत्ता कारखानामा आगलागी भएको छ । बिहीबार दिउँसो एसएस फुटवेयरमा आगलागी भएको हो ।

बिजुली सट भएर आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
नगरपालिकाको दमकल बिग्रिएकाले छिमेकी नगरपालिका भद्रपुर र बिर्तामोडबाट दुई वटा दमकल आगो निभाउन आएका छन् । अहिले आगो निभाउने प्रयास भइरहने पनि आगलागी नियन्त्रणमा आएको छैन । आगलागी निभाउन प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दा खटिएका छन् ।