कर्मचारीलाई कोरोना संक्रमणपछि पाँचथर मालपोतको काम बन्द

लक्ष्मी गौतम

पाँचथर — पाँचजना कर्मचारीमा एकैसाथ कोरोना संक्रमण पुष्टि भएपछि मालपोत कार्यालय पाँचथर सात दिनका लागि बन्द गरिएको छ । 

कार्यालय प्रमुख बाबुराम पोखरेलले शुक्रबार साँझ सूचना जारी गर्दै माघ १६ देखि २१ गतेसम्म सेवा स्थगित रहने जनाएका हुन् । शुक्रबार कार्यालयका ५ जना कर्मचारीको एन्टिजेन परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो ।

कार्यालयमा कार्यरत २० जनामध्ये अधिकांश कर्मचारीलाई कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि ५ जनाको परीक्षण गरिएको पोखरेलले जानकारी दिए । उनका अनुसार यतिबेला मालपोतका प्रायःकर्मचारी बिरामी परेका छन् ।


प्रकाशित : माघ १४, २०७८ २२:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?