विकासे योजनाहरूमा अनियमितता भएको भन्दै परेको उजुरीबारे छानबिन सुरु- प्रदेश १ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विकासे योजनाहरूमा अनियमितता भएको भन्दै परेको उजुरीबारे छानबिन सुरु

डम्बरसिं राई

खोटाङ — दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-८ बुवालुङमा सञ्चालित योजनाहरूमा अनियमितता भएको भन्दै विभिन्न निकायमा उजुरी परेपछि छानबिन अघि बढाइएको छ ।


सडक, विद्यालय, सामुदायिक वन, एकीकृत बस्ती लगायत विकास योजनाहरूमा अनियमितता भएको भन्दै स्थानीयले उजुरी दिएपछि प्रशासनले छानबसन सुरु गरेको हो ।

प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालका अनुसार सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरी छानबिन अघि बढाइएको हो ।

उक्त समितिमा सब डिभिजन कार्यालय दिक्तेलका सहायक वन अधिकृत राजदेव ठाकुर, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका अधिकृत मोहन राउत र सघन शहरी तथा भवन निर्माण आयोजनाका इन्जिनियर विनोद मण्डल सदस्य छन् । उक्त समितिले पाँच दिनभित्र छानबिन सकेर प्रतिवेदन बुझाउने प्रजिअ दाहालले बताए ।

दिक्तेल रुपाकोट मझुवागढ नगरपालिका-८ बुवालुङको खावाडाँडास्थित एकीकृत बस्ती अनियमिततापछि अलपत्र परेको भन्दै छानबिन र कारबाहीको माग गर्दै प्रजिअ दाहालसमक्ष गत माघ ७ गते उजुरी परेको थियो । सुरक्षित नागरिक आवास र पूर्वाधार विकासबाट रकम निकासा गरिए अलपत्र परेको भन्दै उजुरी परेको हो ।

सम्बन्धित समाचार
विकासे योजनाहरुमा अनियमितता भएको भन्दै विभिन्न निकायमा उजुरी

प्रकाशित : माघ १३, २०७८ १७:५५
प्रतिक्रिया
पठाउनुहोस्

नेपालका १९ जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित

कान्तिपुर संवाददाता

काठमाडौँ — देशभरका १९ जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाल काठमाडौं, ललितपुर, भक्तपुरलगायत १९ जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सयभन्दा बढी रहेको जानकारी दिएको हो ।

त्यस्तै दुई सयभन्दा बढी संक्रमित रहेका जिल्लामा पर्सा, बारा, महोत्तरी, सलार्ही, सिरहा, धादिङ, सिन्धुपाल्चोक, सिन्धुली, दोलखा, गोरखा, स्याङ्जा, बागलुङ, पाल्पा, गुल्मी, बर्दिया, सुर्खेत र कञ्चनपुर छन् । नेपालमा हाल कुनै पनि जिल्लामा शून्य संक्रमित नरहेको मन्त्रालयले जनाएको छ ।

उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौंमा ३८ हजार ८५९, ललितपुर १० हजार ३९० र भक्तपुरमा पाँच हजार ६१४ सक्रिय संक्रमित रहेको मन्त्रालयले उल्लेख गरेको छ ।

यसैगरी देशभर सक्रिय संक्रमितको संख्या ९० हजार ५७६ पुगेको छ । हाल भेन्टिलेटरमा ४९ र आईसीयूमा २५७ संक्रमित रहेको मन्त्रालयले जनाएको छ । होम आइसोलेसनमा ८८ हजार ६४२, संस्थागत आइसोलेसनमा एक हजार ९३४ र क्वारेन्टिनमा १४९ जना रहेका छन् ।

यी हुन् ५०० भन्दा बढी सक्रिय संक्रमित हुने जिल्लाहरु

  • मोरङ
  • सुनसरी
  • झापा
  • धनुषा
  • सप्तरी
  • काठमाडौं
  • ललितपुर
  • भक्तपुर
  • चितवन
  • मकवानपुर
  • काभ्रेपलाञ्चोक
  • नुवाकोट
  • कास्की
  • नवलपरासी पूर्व
  • तनहुँ
  • बाँके
  • रुपन्देही
  • दाङ
  • कैलाली

यो पनि

प्रकाशित : माघ १३, २०७८ १७:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×