दिक्तेल रुपाकोट मझुवागढीका अधिकांश योजनामा अनियमितता भएको भन्दै उजुरी

खोटाङ — दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङमा सञ्चालित अधिकांश योजनामा अनियमितता भएको भन्दै विभिन्न निकायमा उजुरी परेको छ । सडक, विद्यालय, सामुदायिक वन, एकीकृत बस्तीलगायत विकास काममा अनियमितता भएको भन्दै स्थानीयले उजुरी दिएका हुन् ।

दिक्तेल रुपाकोट मझुवागढीका अधिकांश योजनामा अनियमितता भएको भन्दै उजुरी

वडा ८ बुवालुङको खावाडाडाँस्थित एकीकृत वस्ती अनियमिततापछि अलपत्र परेको भन्दै छानविन र कारबाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहाल समक्ष उजुरी परेको छ ।

उक्त ठाउँमा सुरक्षित नागरिक आवास अन्तरगत बीस घर लाभग्राहीका लागि घर बनाउन सुरु गरिएको थियो । पहिलो किस्ताको ५० हजार र दोश्रो कित्ताको एक लाख ५० गरी प्रतिघर दुई लाख रकम बुझे पनि घर निर्माण भने अपूरै छ । यसबाहेक पूर्वाधार विकासका लागि प्रतिघर तीन लाख रुपैयाँको दरले लिए पनि काम अपूरै छ । उक्त एकीकृत वस्तीमा भूकम्प पीडित मात्र हुनु पर्नेमा मापदण्ड मिचेर पहुँच भएकाहरूलाई घर उपलब्ध गराइएको वडा सदस्य हरिबहादुर राईले सुनाए ।

एकीकृत वस्तीमा मापदण्ड मिचेर वास्तविक लाभग्राहीको नभई पहुँचवाला व्यक्तिहरूले कब्जा जमाएको वडा सदस्य राईले बताए । उक्त ठाउँमा घडेरी खार्ने, खानेपानी, टेवापर्खाल लगायतका लागि तीन लाखको दरले ६० लाख निकासा भएर पनि फर्फारक भइसकेको वडाअध्यक्ष चौहानले बताए । प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले छानविन गरी सार्वजनिक गर्ने र दोषीलाई कारबाही गर्ने जनाए ।

प्रकाशित : माघ १३, २०७८ १०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?