२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

प्रदेश १ मा एकै दिन १४०७ संक्रमित, २ को मृत्यु

विराटनगर — प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार ४ सय ७ जनामा संक्रमण पुष्टि भएको बुधबार सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार १ हजार १ सय ४३ ले पीसीआर परीक्षण गराउँदा ६ सय ३९ (५५.९० प्रतिशत) र १ हजार ५ सय ६२ को एन्टिजेन जाँच हुँदा ७ सय ६८ (४९.१७ प्रतिशत) संक्रमित देखिएका हुन् ।

प्रदेश १ मा एकै दिन १४०७ संक्रमित, २ को मृत्यु

मोरङमा एक र सुनसरीमा २ पुरुषको मृत्यु भएको छ । २ सय ७२ संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयको अनुसार प्रदेशमा सक्रिय संक्रमित ७ हजार १ सय ८५ पुगेका छन् । प्रदेशका ३१ अस्पतालहरुको जेनरल बेडमा २८, आईसीयूमा २७, एचडीयूमा २५, भेन्टिलेटरमा ५ र आइसोलेसनमा १ गरी ८६ को उपचार भइरहेको छ । सबैभन्दा बढी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३२ र विराटनगरस्थित कोसी कोभिड–१९ उपचार केन्द्रमा १८ जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयको अनुसार आइसोलेसनमा ७ हजार ९९ जना छन् ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणमा विराटनगरका २ सय ३३ सहित मोरङमा २ सय ९९, धरानमा ५९ सहित सुनसरीमा १ सय २०, बिर्तामोडमा ३९ सहित झापामा १ सय ५६, धनकुटामा ११, उदयपुरमा ६, संखुवासभामा १, तेह्रथुममा ३, इलाममा ६, पाँचथरमा २ र प्रदेश बाहिरका जिल्लाबाट ३५ जनामा संक्रमण देखिएको छ । एन्टिजेन जाँचमा संक्रमित हुनेमा मोरङका २ सय ७७, संखुवासभाका १ सय ८२, इलामका ६२, उदयपुरका ६०, झापाका ५९, खोटाङका ३४, सुनसरीका २९, तेह्रथुमका १६, पाँचथरका १४, भोजपुरका १२, धनकुटाका ११, ओखलढुंगाका ७ र सोलुखुम्बुका ५ छन् ।


प्रकाशित : माघ १२, २०७८ २१:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?