प्रदेश १ मा एकै दिन १४०७ संक्रमित, २ को मृत्यु- प्रदेश १ - कान्तिपुर समाचार

प्रदेश १ मा एकै दिन १४०७ संक्रमित, २ को मृत्यु

कान्तिपुर संवाददाता

विराटनगर — प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार ४ सय ७ जनामा संक्रमण पुष्टि भएको बुधबार सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार १ हजार १ सय ४३ ले पीसीआर परीक्षण गराउँदा ६ सय ३९ (५५.९० प्रतिशत) र १ हजार ५ सय ६२ को एन्टिजेन जाँच हुँदा ७ सय ६८ (४९.१७ प्रतिशत) संक्रमित देखिएका हुन् ।

मोरङमा एक र सुनसरीमा २ पुरुषको मृत्यु भएको छ । २ सय ७२ संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयको अनुसार प्रदेशमा सक्रिय संक्रमित ७ हजार १ सय ८५ पुगेका छन् । प्रदेशका ३१ अस्पतालहरुको जेनरल बेडमा २८, आईसीयूमा २७, एचडीयूमा २५, भेन्टिलेटरमा ५ र आइसोलेसनमा १ गरी ८६ को उपचार भइरहेको छ । सबैभन्दा बढी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३२ र विराटनगरस्थित कोसी कोभिड–१९ उपचार केन्द्रमा १८ जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयको अनुसार आइसोलेसनमा ७ हजार ९९ जना छन् ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणमा विराटनगरका २ सय ३३ सहित मोरङमा २ सय ९९, धरानमा ५९ सहित सुनसरीमा १ सय २०, बिर्तामोडमा ३९ सहित झापामा १ सय ५६, धनकुटामा ११, उदयपुरमा ६, संखुवासभामा १, तेह्रथुममा ३, इलाममा ६, पाँचथरमा २ र प्रदेश बाहिरका जिल्लाबाट ३५ जनामा संक्रमण देखिएको छ । एन्टिजेन जाँचमा संक्रमित हुनेमा मोरङका २ सय ७७, संखुवासभाका १ सय ८२, इलामका ६२, उदयपुरका ६०, झापाका ५९, खोटाङका ३४, सुनसरीका २९, तेह्रथुमका १६, पाँचथरका १४, भोजपुरका १२, धनकुटाका ११, ओखलढुंगाका ७ र सोलुखुम्बुका ५ छन् ।


प्रकाशित : माघ १२, २०७८ २१:२६
प्रतिक्रिया
पठाउनुहोस्

सामूहिक बलात्कार आरोपित नौ जना थुनामा

कान्तिपुर संवाददाता

काठमाडौँ — जिल्ला अदालत काठमाडौंले सामूहिक बलात्कार आरोपित नौ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ । गत पुस १२ र १३ मा काठमाडौं–२६ गोंगबु मित्रनगरस्थित गेस्टहाउसमा लगेर ३४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका उनीहरूलाई अदालतले बुधबार थुनामा राख्ने आदेश दिएको हो । 

सामूहिक बलात्कारको आरोपमा प्रहरीले मुगु छायानाथ रारा नगरपालिका–१० झाकोटका २३ वर्षीय हिक्मत नेपाली, २२ वर्षीय रतन नेपाली, १९ वर्षीय दीपक नेपाली, २३ वर्षीय शिवहरि बुढा, २४ वर्षीय युवराज बडुवाल, २५ वर्षीय हस्त नेपाली, २४ वर्षीय चन्द्र साउद, सोही नगरपालिका–६ का लिउडीका २१ वर्षीय सुरेश सेज्वाल र अर्घाखाँची सितगंगा नगरपालिका–१२ घर भई कपिलवस्तु बुद्धभूमि बस्ने ४३ वर्षीय गोपालकुमार शिरिषलाई पक्राउ गरेको थियो ।

अदालतले घटनामा प्रयोग भएको होटलका सञ्चालकहरू तीन जनासँग जनही ३/३ लाख रुपैयाँ धरौटी माग गरेको काठमाडौंका प्रहरी प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए ।


प्रकाशित : माघ १२, २०७८ २१:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×