पाँचथरमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

लक्ष्मी गौतम

पाँचथर — पाँचथरको राँकेदेखि रबितर्फ गइरहेको ट्याक्टर दुर्घटनामा परी चालकको मृत्यु भएको छ ।

बुधबार दिउँसो १ बजे मे १ त १–०१–००१ त ८५९५ नम्बरको ट्याक्टर सडकबाट तल खस्दा इन्जिनले किचेर इलामको माङसेवुङ ३ घर भएका चालक २१ वर्षीय रवीन लिम्बुको घट्नास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर बिश्वकर्माले जानकारी दिए ।

उनका अनुसार राँके रबि सडकखण्ड अन्तर्गत मिक्लाजुङ गाउँपालिका १ फुङसिङमा दुर्घटना भएको हो । ट्याक्टर सडकदेखि ७ मिटर तल खसेको छ । दुर्घटनापछि लिम्बुको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ केन्द्र रबि पठाइएको पनि उनले जानकारी दिए ।

प्रकाशित : माघ १२, २०७८ १८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?