२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

खोटाङका तीन पालिकाको सेवा बन्द

डम्बरसिं राई

खोटाङ — कोरोना संक्रमण फैलिएपछि जिल्लाका तीन पालिकामा अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका र रावाबेंसी गाउँपालिकाको सेवा बन्द गरिएको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका स्वास्थ्यकर्मीसहित १२ कर्मचारीमा कोरोना संक्रमण भएपछि माघ १९ गतेसम्मका लागि अन्यावश्यक सेवाबाहेकका अन्य काम बन्द गरिएको नगरपालिकाका निमित्त प्रमुख राजकुमार राईले बताए ।

त्यस्तै हलेसी तुवाचुङ नगरपालिकामा १५ गतेसम्म र रावाबेंसी गाउँपालिकामा १७ गतेसम्म सेवा बन्द गरिएको हो । हलेसी तुवाचुङ नगरपालिकाका तीन जनामा कोरोना संक्रमण पुष्टि भएपछि सेवा बन्द गरिएको नगरपालिकाले जनाएको छ ।

प्रकाशित : माघ १२, २०७८ १६:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?