२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

प्रदेश १ मा मतगणना सुरू हुँदै

देवनारायण साह

(मोरङ) — प्रदेश १ मा राष्ट्रिय सभा निर्वाचनमा मतदान सकिएसँगै अबको केही बेरमा मतगणना सुरू गर्न लागिएको छ । निर्वाचन अधिकृत तथा जिल्ला अदालत मोरङका मुख्य न्यायाधीश भरत लम्सालले अब चाँडै मतगणना सुरू हुने बताए ।

प्रदेश १ मा मतगणना सुरू हुँदै

बिहान ९ बजेदेखि सुरू भएको मतदान दिउँसो ३ बजे सम्पन्न भएको थियो । उनका अनुसार दुई जना स्थानीय तहका प्रतिनिधि र एक जना प्रदेश सांसद मतदानमा अनुपस्थित भएका छन् ।

स्थानीय तहतर्फ २७० र प्रदेश सभा सदस्य तर्फ ९१ मत खसेको लम्सालले बताए । विराटनगर बाली संरक्षण केन्द्र र प्रदेश निर्वाचन कार्यालयमा भएको मतदानमा झापाको गौरीगन्ज गाउँपालिका प्रमुख बाबुराम श्रेष्ठ र विराटनगर महानगरपालिकाकी उपप्रमुख इन्दीरा कार्की अनुपस्थित भएका हुन् । श्रेष्ठ छोरीको विवाह र कार्की स्वास्थ्यसम्बन्धी समस्याका कारण निर्वाचनमा मत खसाल्न आएनन् ।

उच्च अदालत विराटनगरले किर्ते कागजात मुद्दामा दोषी ठहर गरेदेखि फरार रहेकी एमाले सांसद गुलेफुन खातुन पनि मतदान गर्न आइनन् ।

प्रदेश १ बाट तीन राष्ट्रिय सभा सदस्यका लागि ८ उम्मेदवार चुनावी मैदानमा छन् ।

गठबन्धनबाट खुलामा कांग्रेसका गोपाल बस्नेत, महिलातर्फ नेकपा समाजवादीकी जयन्ती राई र अल्पसंख्यक वा अपांग कोटामा जसपाका हेमराज राई उम्मेद्‌वार छन् ।

एमालेबाट खुलामा गुरु बराल, महिला सुमित्रा भण्डारी र अल्पसंख्यकमा सोनाम ग्याल्जेन शेर्पा उम्मेद्वार छन् । राप्रपाबाट अमर बिष्ट र रन्जु प्याकुरेल उम्मेदवार छन् ।

प्रकाशित : माघ १२, २०७८ १५:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?