कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

पाँचथरमा युवा संघद्वारा सरकारविरुद्ध मसाल जुलुस प्रदर्शन

लक्ष्मी गौतम

पाँचथर — पाँचथरमा प्रमुख प्रतिक्षी दल नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघले सरकारले निर्वाचन सार्न कसरत गरेको भन्दै मसाल जुलुस निकालेको छ ।

पाँचथरमा युवा संघद्वारा सरकारविरुद्ध मसाल जुलुस प्रदर्शन

सोमबार साँझ सदरमुकाम फिदिम बजारमा युवा संघका कार्यकर्ताहरूले सरकारका निर्णय र गतिविधिको विरोध गर्दै मसाल जुलुस प्रदर्शन गरेका हुन् ।

पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धि, गैरजिम्मेवारी अभिव्यक्ति दिने मन्त्री रेणुकुमारी यादवमाथि कारवाही नगरेको र निर्वाचन सार्ने कसरत गरिरहेको भन्दै प्रदर्शनकारीहरूले सरकारको विरोध गरेका हुन् ।

फिदिम बजारस्थित लिम्बुवान गेटबाट सुरु भएको मसाल जुलुस गणतन्त्र चोकमा पुगेपछि प्रहरीले हस्तक्षेप गर्दै मसाल खोसेको थियो ।

प्रहरीले मसाल खोसेलगत्तै आयोजित कोणसभालाई सम्बोधन गर्दै युवा संघका पाँचथरका अध्यक्ष कमल थपलियाले सरकारको गैरजिम्मेवार क्रियाकलाप विरुद्ध आफूहरूले आन्दोलन सुरु गरेको बताएका थिए ।

प्रकाशित : माघ १०, २०७८ २०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?